शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गर्न लागेको हो।

काठमाडाैं- स्नो रिभर्स लिमिटेडले आगामी चैत ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएकोमा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि सेयर खुला गर्न लागेको हो।

स्थानीय बासिन्दाका लागि छुट्याइएको कुल ९ लाख ३७ हजार ५०० कित्तामध्ये ताप्लेजुङ जिल्लाको सिरिजङा गाउँपालिकाको वडा नं. ८ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नं. ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. १ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ।

यस आईपीओमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आवेदन दिने म्याद छिटोमा चैत १२ र ढिलोमा चैत २३ गतेसम्म तोकिएको छ भने स्थानीयका लागि छिटोमा चैत २३ र ढिलोमा २०८३ वैशाख ८ गतेसम्मको समय दिइएको छ।

कम्पनीको वित्तीय अवस्थालाई इक्रा नेपालले 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस' प्रदान गरेको छ। जसले लगानीमा मध्यम जोखिम रहेको जनाउँछ। सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँ छ।

१३.५ मेगावाट क्षमताको सुपर काबेली खोला 'ए' जलविद्युत आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ८.१७ वर्ष र डिस्काउण्टेड अवधि १५.७७ वर्ष रहेको छ।

स्थानीय बासिन्दाले तोकिएका बैंकका शाखाहरू र आयोजना स्थलबाट २ रुपैयाँ शुल्क तिरेर फाराम प्राप्त गरी आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत सि-आस्बा प्रणालीबाट अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend