शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

माघमा १ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ७ महिनामा ३९.८ प्रतिशतले वृद्धि

बुधबार, फागुन २७ २०८२
माघमा १ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ७ महिनामा ३९.८ प्रतिशतले वृद्धि

काठमाडौं- २०८२ माघ महिनामा १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि भएर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो।

सात महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भइ ८ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०८२ ८३ को सात महिना (२०८२ माघसम्म) को तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। 

सात महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर)  १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो।

सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,७४,६२२ र १,९०,८८६ रहेको थियो।


प्रकाशित : बुधबार, फागुन २७ २०८२१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend