शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १३ अर्ब १८ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २७ २०८२
नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १३ अर्ब १८ करोड रुपैयाँको कारोबार

प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार लगातार सकारात्मक सर्किट ब्रेक लागेर १६२.९४ अंकले बढेर २८७५.४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको सेयर बजार परिसूचक नेप्से हिजो ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा पुगेको थियो।

काठमाडौं- नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताकाे चाैथाे दिन आज नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ बिन्दुमा पुगेको हाे।

प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार बजार लगातार सकारात्मक सर्किट ब्रेक लागेर १६२.९४ अंकले बढेको थियो। नेप्से मंगलबार ३२.०८ अंक घटेर २८४३.३५ बिन्दुमा पुगेको थियो।

मंगलबार २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ३ सय २९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ५ सय ५१ कित्ता सेयर खरिद-बिक्री हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार १ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ७६ अंक घटेको छ।

सालपा विकास बैंकको सेयरमूल्य  सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।                         

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड पावर लिमिटेड कम्पनीको ८५ करोड ९५ लाख ३  हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। व्यापार समूहको परिसुचक सबैभन्दा धेरै ३.४० प्रतिशत घटेको छ।


प्रकाशित : बुधबार, फागुन २७ २०८२१५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend