शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २७ २०८२
३० अर्ब निक्षेप संकलन गर्दै  राष्ट्र बैंक

बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सुचना अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल फागुन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम  मार्फत मात्र हुनेछ।

काठमाडाै‌ं- नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सुचना अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल फागुन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम  मार्फत मात्र हुनेछ। 

यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते हुने केन्द्रीय बैंकले बताएको छ। यसमा लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन्।

यस निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन।


प्रकाशित : बुधबार, फागुन २७ २०८२१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend