शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टक्सार पिखुवा खोला हाइड्रोपावरकाे आईपीओ निष्कासन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २७ २०८२
टक्सार पिखुवा खोला हाइड्रोपावरकाे आईपीओ निष्कासन

कम्पनीले आफ्नो कुल १ अर्ब २० करोड रुपैयाँ जारी पुँजीको ३५.२६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

काठमाडाैं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले आफ्नो कुल १ अर्ब २० करोड रुपैयाँ जारी पुँजीको ३५.२६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि निर्धारित सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द हुने मिति छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते तोकिएको छ भने स्थानीय बासिन्दाका लागि छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्मको समय रहेको छ। 

केयर रेटिङ नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा स्थानीयले भोजपुरका तोकिएका बैंक शाखाहरूबाट र वैदेशिक रोजगारीमा रहेकाहरूले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


प्रकाशित : बुधबार, फागुन २७ २०८२१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend