काठमाडौं- प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबारमा नै सेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लागेको छ।
कारोबार सुरु भएको एक मिनेटमा नै सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट रोकिएर बजार सुरु भएको थियो। त्यसको केही सेकेण्डमै दोस्रो सर्किट ब्रेक लागेको हो।
सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो पटक ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।
दोस्रो सर्किट ब्रेक लाग्दा १३५.७१ अंकले बढेर बजार २८४८.२२ बिन्दुमा पुगेको छ।
चुनावको परिणाम आइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेसँगै स्थिर सरकार हुने अपेक्षामा लगानीकर्ता विश्वस्त देखिएका छन्।