काठमाडौं- प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबारमा नै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
कारोबार सुरु भएको एक मिनेटमा नै उछाल देखिएर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको हो। 'सर्किट ब्रेक' लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि 'मार्केट हल्ट' भएको हो।
सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।
पहिलो सर्किट ब्रेक लाग्दा १०८.६० अंकले बढेर बजार २८२१.१० बिन्दुमा पुगेको छ।
चुनावको परिणाम आइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेसँगै स्थिर सरकार हुने अपेक्षामा लगानीकर्ता विश्वस्त देखिएका छन्।