शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १७ २०८२
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ५ अर्ब ६४  करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४ सय ६२ कित्ता सेयर खरिद-बिक्री हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको छ। 

आजको कारोबारमा ३ सय ४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४ सय ६२ कित्ता सेयर खरिद-बिक्री हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७० अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ६१ अंक बढेको छ।

सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।                            

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको यस दिन ३२ करोड ३६ लाख ५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। 

चुनावअघि धितोपत्र बजारमा सेयर कारोबार अब यही फागुन १७ गते आइतबार र १९ गते मंगलबार मात्रै हुने देखिएको छ। आउने सोमबारेखि नै सार्वजनिक बिदा रहेकाले सेयर कारोबारसमेत बन्द हुने छ।

मिश्रित चुनावी मतपरिणाम आउन सक्ने आँकलनले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न नसकेको विश्लेषकहरुको भनाइ छ। अब चुनावपछि बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने उनीहरू बताउँछन्।

पछिल्ला वर्षमा वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर राम्रो रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको विश्लेषण भइरहेका छन्। तर गएको साता समग्रमा १२.८३ अंकले बढेको बजारमा अपेक्षाअनुरुप सुधार देखिन नसकेको बताइन्छ। अघिल्लो साता दुई दिन मात्र कारोबार भएको बजार २८.९१ अंकले घटेको थियो।

 


प्रकाशित : आइतबार, फागुन १७ २०८२१५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend