काठमाडाैं- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाले ९.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।