शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १७ २०८२
बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरण प्रयोग गरी उक्त रकम उठाउन लागेको हो।

काठमाडाैं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न आज १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ।

केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरण प्रयोग गरी उक्त रकम उठाउन लागेको हो।

यस प्रक्रियामा सहभागी हुन चाहने 'क', 'ख' र 'ग' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनका लागि न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ भने बाँकी रकम निःशेष भागअनुसार बाँडफाँट गरिनेछ।

बोलकबोलबाटै निर्धारण हुने ब्याजदरमा संकलन गरिने यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते हुनेछ। बजारमा उपलब्ध अतिरिक्त रकमलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले नियमित अन्तरालमा यस्ता मौद्रिक उपकरणहरूको प्रयोग गर्दै आएको छ।


प्रकाशित : आइतबार, फागुन १७ २०८२११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend