काठमाडाैं- सुपर खुदी हाइड्रोपावरको आईपीओ आज आइतबार बिहान साढे ८ बजे बाँडफाँट गरिएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा गोलाप्रथा मार्फत उक्त सेयर वितरण गरिएको हो।
कम्पनीले गत फागुन ५ देखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो।
निष्कासनमा २६ लाख २० हजार ३४१ जनाले कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ताका लागि आवेदन दिएका थिए। प्राप्त आवेदनमध्ये २५ लाख ८० हजार ४७० वटा आवेदन स्वीकृत भएका छन् भने ३९ हजार ८७१ वटा आवेदन रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट गरिएको बाँडफाँटमा जम्मा १ लाख २८ हजार ६५० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी २५ लाख भन्दा बढी आवेदकको हात खाली भएको छ।