शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक ६ अंकले बढ्यो, कारोबार रकम घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १४ २०८२
नेप्से परिसूचक ६ अंकले बढ्यो, कारोबार रकम घट्यो

आजको कारोबारमा ३ सय ३५ कम्पनीको १ करोड ५३ हजार १ सय ४५ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ६.०३ अंक बढेर २६५४.९३ विन्दुमा पुगेको छ। 

आजको कारोबारमा ३ सय ३५ कम्पनीको १ करोड ५३ हजार १ सय ४५ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव २६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४० अंक बढेको छ।

सालपा विकास बैंकर रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।   

कारोबार रकमका आधारमा अपि पावर कम्पनीको यस दिन ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

 


प्रकाशित : बिहीबार , फागुन १४ २०८२१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend