काठमाडाैं- रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ औपचारिक रूपमा बाँडफाँट गरेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच उक्त बाँडफाँट सम्पन्न भएको हो।
बाँडफाँट अनुसार कुल १ लाख १८ हजार २६ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यस प्रक्रियामार्फत कुल ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर वितरण गरिएको छ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरि बाँडफाँट गरिसकेको थियो। नेपाल धितोपत्र बोर्डले गत मङ्सिर २२ गते कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति प्रदान गरेको थियो।
नतिजा सार्वजनिक भएपछि बिक्री प्रबन्धक प्रभु क्यापिटलको आधिकारिक वेबसाइट र सिडीएससीको मेरो सेयर पोर्टलबाट विवरण राखेर हेर्न सकिनेछ।