काठमाडाैं- नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ७ महिनाको अवधिमा २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४५ प्रतिशतले बढि हो। निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ मात्र बीमा शुल्क रहेको थियो।
व्यवसायको हिसाबले शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएका छन्। शिखर इन्स्योरेन्सको बीमा शुल्क संकलन ६ प्रतिशतको बढेर ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ पुगेकाे छ। सगरमाथा लुम्बिनीले २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ।
अन्य कम्पनीहरूमा हिमालयन एभरेष्टले २ अर्ब ८३ करोड ९३ लाख, सिद्धार्थ प्रिमियरले २ अर्ब ५१ करोड ४९ लाख, आइजिआई प्रुडेन्सियलले २ अर्ब ३८ करोड ६ लाख र एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १६ लाख, युनाइटेड अजोडले १ अर्ब ७५ करोड ७३ लाख, द ओरियण्टलले १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका छन्।
सानिमा जिआईसीको १ अर्ब ७० करोड र नेपाल इन्स्योरेन्सको व्यवसाय पनि १ अर्बमाथि रहेको छ। तुलनात्मक रूपमा कम व्यवसाय गर्नेमा प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।