शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जीवन बीमा कम्पनीहरूकाे प्रथम बीमा शुल्क संकलन २५ अर्ब ११ करोड रुपैयाँ, कुन कम्पनीकाे कति?

बुधबार, फागुन १३ २०८२
जीवन बीमा कम्पनीहरूकाे प्रथम बीमा शुल्क संकलन २५ अर्ब ११ करोड रुपैयाँ, कुन कम्पनीकाे कति?

काठमाडाैं- नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल २५ अर्ब ११ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन्।

यो वृद्धि गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा २४.७५ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीहरूले २० अर्ब १३ करोड ३८ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क संकलन गरेका थिए। .

व्यवसायको आकारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४१.१३ प्रतिशत वृद्धि गरेर गर्दै ६ अर्ब ७५ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको छ। जुन अघिल्लो वर्ष ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो।  

वृद्धिको प्रतिशतका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। आइएमई लाइफको व्यवसाय ५९.४४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

जीवन बीमा कम्पनीहरूमध्ये नेशनल लाइफले ३ अर्ब ६३ करोड र एलआईसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। 

त्यस्तै सूर्यज्योति लाइफले १ अर्ब ६९ करोड, सिटिजन लाइफले १ अर्ब ५१ करोड र एशियन लाइफले १ अर्ब ३० करोड रुपैयाँको नयाँ व्यवसाय गरेका छन्। 

सानिमा रिलायबलले १ अर्ब १५ करोड र रिलायबल नेपाल लाइफले १ अर्ब १४ करोड रुपैयाँ संकलन गर्दा प्रभु महालक्ष्मी, मेट लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय पनि सन्तोषजनक देखिएको छ।

बजारमा अधिकांश कम्पनीको व्यवसाय बढ्दा दुई कम्पनीको भने खुम्चिएको छ। हिमालयन लाइफको नयाँ व्यवसाय ५.७१ प्रतिशतले घटेर १ अर्ब ३८ करोडमा सीमित भएको छ भने सन नेपाल लाइफको व्यवसाय २१.५१ प्रतिशतले गिरावट आउँदै ६४ करोड ११ लाख रुपैयाँ कायम भएको छ।


प्रकाशित : बुधबार, फागुन १३ २०८२११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend