शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक २१ अंकले बढ्यो, कारोबार रकम घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १२ २०८२
नेप्से परिसूचक २१ अंकले बढ्यो, कारोबार रकम घट्यो

कारोबारमा ३ सय २८ कम्पनीको ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक २१‍.६२ अंक बढेर २६३८.६० विन्दुमा पुगेको छ। आजको

कारोबारमा ३ सय २८ कम्पनीको ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव।७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ५९ अंक बढेको छ।

सालपा विकास बैंकको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। सबैभन्दा नेपाल एसबीआई बैंकको सेयर ३.५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपालको ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। 

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। 

 


प्रकाशित : मंगलबार, फागुन १२ २०८२१५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend