शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जलविद्युत कम्पनीहरूकाे वित्तीय अवस्थामा सुधार, ९३ कम्पनीले कमाए ६ अर्ब ९१ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १२ २०८२
जलविद्युत कम्पनीहरूकाे वित्तीय अवस्थामा सुधार, ९३ कम्पनीले कमाए ६ अर्ब ९१ करोड रुपैयाँ

नेप्सेमा सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरूले कुल ६ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। जुन गत वर्षको सोही अवधिको ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको तुलनामा १०१.५७ प्रतिशतको  वृद्धि हो।

काठमाडाैं- चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार जलविद्युत क्षेत्रको मुनाफामा सुधार देखिएको छ। 

नेप्सेमा सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरूले कुल ६ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। जुन गत वर्षको सोही अवधिको ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको तुलनामा १०१.५७ प्रतिशतको  वृद्धि हो।

यस अवधिमा कम्पनीहरूको वित्तीय अवस्थामा सकारात्मक परिवर्तन आएको देखिन्छ। गत वर्ष २७ वटा कम्पनी घाटामा रहेकोमा यस वर्ष उक्त संख्या घटेर १७ मा सीमित भएको छ। नाफा कमाउने सूचीमा अपर तामाकोशी अग्रस्थानमा देखिएको छ। जसले गत वर्षको ८२ करोड घाटालाई उछिन्दै ९९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

त्यसैगरी, साहस ऊर्जाले ९० करोड ४८ लाख, माउन्टेन इनर्जीले ५४ करोड १४ लाख र ग्रीन भेन्चर्सले ४६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अपि पावर, चिलिमे हाइड्रोपावर र राधी विद्युतको नाफा पनि बढेको छ। 

त्यसैगरि बलेफी हाइड्रोपावरले अघिल्लो वर्षको १८ करोड ऋणात्मक अवस्था सुधार्दै २२ करोड ८१ लाख नाफा सुरक्षित गरेको छ। बुटवल पावर, सुपर मोदी, सिंगटी, अप्पर सोलु र माण्डु हाइड्रोपावरको मुनाफामा पनि वृद्धि देखिएको छ भने सानिमा मिडिल तमोरको नाफामा भने ३४ प्रतिशतको गिरावट आई १८ करोडमा सीमित भएको छ।

सुधारका बाबजुद केही कम्पनीहरू अझै पनि चुनौतीपूर्ण अवस्थामा छन्। हाल १७ वटा कम्पनी घाटामा रहेका छन्। जसमा रसुवागढी हाइड्रोपावर सबैभन्दा बढी १ अर्ब ८ करोड १४ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। यसका साथै भिजन लुम्बिनी ऊर्जा, त्रिशुली जलविद्युत, मोदी इनर्जी, हिमाल दोलाखा, एशियन हाइड्रो र शिवश्री हाइड्रोपावर पनि यस त्रैमासमा घाटामा रहेका छन्।


प्रकाशित : मंगलबार, फागुन १२ २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend