शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १२ २०८२
पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला

यसअघि उद्योग प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अहिले बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

काठमाडाैं- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

यसअघि उद्योग प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अहिले बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता स्थानीयका लागि, ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइएको थियो।

इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म बन्द हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

आवेदन दिन चाहनेहरूले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयरको अनलाइन पोर्टल प्रयोग गर्न सक्नेछन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई 'आईआरएन डबल बी प्लस' रेटिङ दिएको छ, जसले लगानीमा मध्यम जोखिम रहेको संकेत गर्दछ।


प्रकाशित : मंगलबार, फागुन १२ २०८२१०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend