शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने

प्राधिकरणले लगानी नीति अनुसार उक्त रकम परिचालन गर्न लागेको हो। प्राधिकरणले एक सूचना जारी गर्दै इच्छुक बैंकहरूलाई आफूले प्रदान गर्न सक्ने अधिकतम प्रतिफल ब्याजदर उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको छ।

काठमाडौं- नेपाल बीमा प्राधिकरणले बैंक मौज्दातमा रहेको रकम विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। 

प्राधिकरणले लगानी नीति अनुसार उक्त रकम परिचालन गर्न लागेको हो। प्राधिकरणले एक सूचना जारी गर्दै इच्छुक बैंकहरूलाई आफूले प्रदान गर्न सक्ने अधिकतम प्रतिफल ब्याजदर उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको छ। 

यस प्रक्रियामा सहभागी हुन चाहने बैंकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ भने उक्त दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले कुल कति रकम लगानी गर्न लागिएको हो भन्ने विषयमा भने केही खुलाएको छैन।

दरभाउपत्र पेस गर्दा बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदरका साथै अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, र बैंकको निष्कृय सम्पत्तिको विवरण बुझाउनुपर्नेछ। 

त्यसैगरी, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषको विवरण खुल्ने कागजातहरू संलग्न गर्नुपर्ने छ।

प्राधिकरणले प्राप्त दरभाउपत्रहरूको मूल्याङ्कन गरी सबैभन्दा सुरक्षित र बढी प्रतिफल दिने बैंकहरूमा आफ्नो कोष लगानी गर्ने तयारी गरेको छ।

beema nikshep.PNG

प्रकाशित : सोमबार, फागुन ११ २०८२१८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend