काठमाडौं- साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २९ कम्पनीको १ करोड २६ लाख २१ हजार १ सय ८८ कित्ता सेयर खरिद-बिक्री हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।
सालपा विकास बैंकको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। एनआईबीएल समृद्धि फडको इकाईमूल्य सर्वाधिक ४.८१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ३६ करोड २ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ भने रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।