काठमाडौं- नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। हिजो आइतबार पनि दुवै धातुको मूल्य बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ।
हिजो आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको थियो। आइतबार र सोमबार गरी दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले बढेको छ।
गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज सोमबार चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले बढेर ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ।
हिजो आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदीको मूल्य प्रतितोला ३ सय ७५ रुपैयाँले बढेको थियो। आइतबार र सोमबार गरी दुई दिनमा चाँदीको मूल्य प्रतितोला ५ सय ४५ रुपैयाँले बढेको छ।
गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
