शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आईसीएफसी फाइनान्सको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
आईसीएफसी फाइनान्सको ५ लाख कित्ता ऋणपत्र निष्कासन  तथा बिक्री खुला

फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९ निष्कासन गरेको हो।

काठमाडौ‌ं- आईसीएफसी फाइनान्स लिमिटेडले आज फागुन ११ गते देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। 

फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९ निष्कासन गरेको हो।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ। जसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन १४ गते हुनेछ भने ढिलोमा फागुन २५ गते हुनेछ।

फाइनान्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले फाइनान्सलाई केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

 


प्रकाशित : सोमबार, फागुन ११ २०८२१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend