शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एपोलो हाइड्रोपावरकाे आईपीओ निष्कासन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
एपोलो हाइड्रोपावरकाे आईपीओ निष्कासन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन?

कम्पनीले आफ्नो कुल ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ९४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

काठमाडाै‌ं- एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ। 

कम्पनीले आफ्नो कुल ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ९४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको सेयरलाई तीन वर्गमा विभाजन गरिएको छ, जसमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं ७ र ८ का बासिन्दालाई ५० प्रतिशत, सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २ र रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का बासिन्दालाई ३० प्रतिशत, तथा रामेछापको उमाकुण्ड वडा नं २ र गोकुलगंगा वडा १ का बासिन्दालाई २० प्रतिशत सेयर बाँडफाँट गरिनेछ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन २५ गतेसम्म र स्थानीय बासिन्दाले ढिलोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्। केयर रेटिङ नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी माइनस रेटिङ दिएको छ। जसले लगानीमा मध्यम जोखिम रहेको देखाउँछ।

बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। यस आईपीओमा स्थानीयले तोकिएका बैंकका शाखा एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेकाहरूले सीआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


प्रकाशित : सोमबार, फागुन ११ २०८२१०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend