शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १० २०८२
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ७२ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ९१ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ७५ प्रतिशतले घटेको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक २७.५९अंकले घटेर २६१४.५५ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय २४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४ सय ३० कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ७२ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ९१ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ७५ प्रतिशतले घटेको छ।

आज सालपा विकाश बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको से यरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। बुद्द भूमी नेपालको सेयरमूल्य सर्वाधिक ८.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। रिडी पावर डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये सबै परिसूचक परिसूचक घटेको छ। कारोबारमा आएको जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५९ प्रतिशत घटेको छ।  

 


प्रकाशित : आइतबार, फागुन १० २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend