शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

युनाइटेड मोदी हाइड्रोपावरकाे लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १० २०८२
युनाइटेड मोदी हाइड्रोपावरकाे लाभांश घोषणा

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

काठमाडाैं- युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। 

फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।


प्रकाशित : आइतबार, फागुन १० २०८२१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend