शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चैत ११ गतेदेखि सागर डिष्टिलरीकाे लकइन अवधि सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १० २०८२
चैत ११ गतेदेखि सागर डिष्टिलरीकाे लकइन अवधि सकिँदै

धितोपत्र बाँडफाँड भएको मितिले ६ महिनासम्म सेयर बिक्री गर्न नपाइने कानुनी प्रावधानअनुसार रोकिएका ७२ हजार ६०० कित्ता सेयरहरू आगामी चैत ११ गतेदेखि कारोबारका लागि खुला हुने भएका हुन्।

काठमाडाैं- सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमध्ये सामूहिक लगानी कोषहरूको हिस्सामा रहेको सेयरकाे लकइन अवधि सकिन लागेको छ। 

धितोपत्र बाँडफाँड भएको मितिले ६ महिनासम्म सेयर बिक्री गर्न नपाइने कानुनी प्रावधानअनुसार रोकिएका ७२ हजार ६०० कित्ता सेयर आगामी चैत ११ गतेदेखि कारोबारका लागि खुला हुने भएकाे हाे। 

कम्पनीले आईपीओ जारी गर्दा कुल निष्कासनको ५ प्रतिशत सेयर यी कोषहरूका लागि सुरक्षित गरेको थियो। जुन हालसम्म लकइन नै रहेको थियो। 

चैत ११ गते यो समयावधि औपचारिक रूपमा सकिने भएकाले चैत १२ गतेदेखि ती सेयरहरू धितोपत्रको दोस्रो बजारमा सहजै खरिद-बिक्री गर्न मिल्नेछ।


प्रकाशित : आइतबार, फागुन १० २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend