आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्याे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ८ २०८२
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्य  प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।

काठमाडाैं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्य  प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो। आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend