काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ।
शिवम् सिमेन्ट्स, कृषि विकास बैंक र आशा लघुवित्त कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सूचीकृत गरिएको हो ।
जसमध्ये, शिवम् सिमेन्ट्सको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर ,आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस सेयर र कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।