शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- नेप्से कारोबार भएको यो साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर  २६४२.१५ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ६५ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ८६ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ६९ प्रतिशतले घटेको छ।

आज सालपा विकाश बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ३३ रुपैयाँबढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सुपर मादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २‍.११ प्रतिशत घटेको छ।

गत साता सेयर बजार १.३९ प्रतिशत अर्थात् ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा सीमित भएको थियो।

 


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend