काठमाडाैं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज बिहान ९ बजे कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट भएकाे छ।
कम्पनीले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो।
निष्कासनमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ताका लागि आवेदन दिएकोमा २४ लाख ११ हजार ९९२ आवेदन मात्र स्वीकृत भएका थिए।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गर्दा ५७ हजार २४३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँडफाँटपछि बाँकी रहेको १ कित्ता सेयर थप गरेर एक जना आवेदकले भने कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।