शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सर्वसाधारणका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
सर्वसाधारणका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला  गरेको हो।

काठमाडाै‌ं- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला  गरेको हो।

कम्पनीले आफ्नो कुल जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री भइसकेको छ। त्यस्तै ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएपछि बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर अब सर्वसाधारणका लागि उपलब्ध गराइएको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा १ लाख कित्तासम्म तोकिएको छ।  निष्कासन छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म बन्द हुने छ। केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दै 'केयरएनपी डबल बी' रेटिङ प्रदान गरेको छ।

सेयर निष्काशनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend