काठमाडौं- माछापुच्छ्रे बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले ३ अर्ब रुपैयाँ बराबरको माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो।
अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। माछापुच्छ्रे बैंकले यो अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। माछापुच्छ्रे बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
माछापुच्छ्रे बैंक अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने पाँचाै वाणिज्य बैंक बनेकाे छ। यसअगाडि नबिल, एनएमबि, सिद्धार्थ र सानिमा बैंकले सेयर जारीका लागि बाेर्डबाट अनुमति लिइसकेका छन्।