शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक ८ अंकले घट्यो, ७ अर्ब ९४ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ४ २०८२
नेप्से परिसूचक ८ अंकले घट्यो, ७ अर्ब ९४ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर खरिद–बिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो काराेबार भएकाे दिन आज सोमबार आज नेप्से परिसूचक ८.१६ अंकले बढेर २६६२.९१ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर खरिद-बिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव २३ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ३० र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव २६ प्रतिशतले बढेको छ।

आज ३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ् मिल्स र सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। खानी खोला हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ९‍.३८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावरको ६५ करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको करिब साढे ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०२ प्रतिशत घटेको छ।

 


प्रकाशित : सोमबार, फागुन ४ २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend