काठमाडाैं- रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ।
कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो।
यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।