शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

मतपत्र छपाइ आज साँझसम्ममा सक्ने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ४ २०८२
मतपत्र छपाइ आज साँझसम्ममा सक्ने तयारी

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै साँझसम्म सम्पन्न हने बताए।

भक्तपुर- प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको ५ लाख मतपत्र आज दिनभरमा सम्पन्न गरिने जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै साँझसम्म सम्पन्न हने बताए।

उनले भने, 'प्रतक्ष्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। प्रत्यक्ष तर्फका दुई करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको ५ लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौँ, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौँं आज ४० दिनमै सकिँदै छ।'

आज छपाइ सम्पन्न भएपछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ सकेर बाँकी जिल्लामा ढुवानी गरिने जानकारी दिए।

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमुना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको जानकारी दिए।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। रासस


प्रकाशित : सोमबार, फागुन ४ २०८२१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend