काठमाडाैं- होटल फरेष्ट इन लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा उक्त सेयर बाँडफाँट गरेको हो।
कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका कुल ३३ लाख २० हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो। उक्त निष्कासनमा २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदकमध्ये २३ लाख ७१ हजार ३१५ जनाको आवेदन मात्रै स्वीकृत भएको र बाँकी रद्द भएको क्यापिटलले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथा विधिबाट सेयर बाँडफाँट गरिएको हो। यस प्रक्रियामार्फत ३ लाख ३२ हजार आवेदकले जनही १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।