काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनले आज पठाएको परिमार्जित मूल्य अनुसार नेपालमा इन्धनको मूल्य समायोजन गरेको जानकारी गराएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको हो।
योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ पुगेको छ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १ सय ५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।