शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यो साता सेयर बजार २ दिन मात्रै खुला रहने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ३ २०८२
यो साता सेयर बजार २ दिन मात्रै खुला रहने

सामान्यतया साताको पाँच दिन बजार खुला रहने भए पनि यसपटक तीन दिन राष्ट्रिय बिदा परेकाले सोमबार र मंगलबार मात्रै कारोबार  हुनेछ।

काठमाडाैं- विभिन्न सार्वजनिक बिदाका कारण यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई दिन मात्रै सेयर कारोबार हुने भएको छ। 

सामान्यतया साताको पाँच दिन बजार खुला रहने भए पनि यसपटक ३ दिन राष्ट्रिय बिदा परेकाले सोमबार र मंगलबार मात्रै कारोबार  हुनेछ।

फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार तथा फागुन ७ गते बिहीबार प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले ती दिनहरूमा सेयर बजार बन्द रहनेछ।

यसरी साताको ३  दिन बिदा परेकाले लगानीकर्ताले यो साता २ दिन मात्रै बजारमा कारोबार गर्न पाउने भएका हुन्।


प्रकाशित : आइतबार, फागुन ३ २०८२१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend