शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नियम उल्लंघन गर्ने ३ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍याे कारबाही

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ३ २०८२
नियम उल्लंघन गर्ने ३ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍याे कारबाही

काठमाडाैं- नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि  कारबाही गरेको छ।

काठमाडाैं- नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। 

कारबाही हुने वाणिज्य बैंकहरुमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्।

ग्लोबल आइएमई बैंकमा स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी प्रावधान पूरा नगरेको पाइएको साथै कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जा पुरानै भ्यालु डेट राखेर सिर्जना गर्न सकिने अवस्था रहेको देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा २% भन्दा बढी ब्याजदर फरक कायम गरेको र त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।

एनआईसी एसिया बैंकले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दफा १००(२)(ग)) अनुसार जनही २ लाख रुपैयाँ नगद जरिवाना गरेकाे छ।

 


प्रकाशित : आइतबार, फागुन ३ २०८२१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend