शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

शनिबार, फागुन २ २०८२
खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो।

किमाथांका- सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। 

आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ। कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो। 

एक कार्यक्रमबीच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए। मौरीपालनलाई वैकल्पिक मात्र नभइ मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उनको भनाइ छ। 

नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार १० हजार ८०० रुपैयाँ लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो। कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ। बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन्। 

आर्थिक वर्ष २०८२/८३ मा मौरीपालन प्रवर्द्धन कार्यक्रमका लागि नगरसभाबाट ६ लाख रुपैयाँ विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन २ २०८२१६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend