शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २ २०८२
स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख  रुपैयाँ  आम्दानी

यसबाट उनले वार्षिक  ३० लाख रुपैयाँ आम्दानी पनि गरिरहेका छन्। कोरोना महामारीका बेला खेती थालेकाका  उनले भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन्।   बर्सेनि बजार बढ्दै गएकाले बजारीकरणको समस्या नभएकाे उनले बताए। स्थानीय बजारमा प्रतिकिलो चार सयदेखि आठ सय रुपैयाँसम्म  भुइँऐसेलु बिक्री भइरहेको छ।

काभ्रेपलाञ्चोक-  तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमेका बनेपा नगरपालिका-१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइ नभ्याइ छ। 

यसबाट उनले वार्षिक  ३० लाख रुपैयाँ आम्दानी पनि गरिरहेका छन्। कोरोना महामारीका बेला खेती थालेकाका  उनले भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन्।   बर्सेनि बजार बढ्दै गएकाले बजारीकरणको समस्या नभएकाे उनले बताए। स्थानीय बजारमा प्रतिकिलो चार सयदेखि आठ सय रुपैयाँसम्म  भुइँऐसेलु बिक्री भइरहेको छ।

जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थालेको भने होइन। अरुले रोपेको देखेर र भनेका आधारमा खेती थालेका हुन्। 

गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत गरेका उनले यसवर्ष केही बढी आम्दानी हुनेमा बताउँछन्। उनले भुइँऐसेलु मात्र होइन  मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहेका छन्। भुइँऐसेलुका बिरुवा पनि उनले बेच्दै आउएका छन्। उनले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन्।

हाल उनको फार्ममा  पाँच जनाले रोजगारी पाएका छन्। व्यवसाय विस्तारको सोचमा रहेका उनले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरुसँग परामर्श गरिरहेको बताए। रासस

प्रकाशित : शनिबार, फागुन २ २०८२१५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend