काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।
गत साता २७०८.७० विन्दुमा बन्द भएको बजार यो साता १.३९ प्रतिशत अर्थात् ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा सीमित भएको हाे।पाँच कारोबार दिनमा बजारमा चार दिन गिरावट आउँदा एक दिन मात्र परिसूचक सकारात्मक रहेकाे थियाे।
परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएको छ। गत साता औसतमा ९ अर्ब १ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा यो साता १२.८७ प्रतिशतले वृद्धि भई दैनिक औसत १० अर्ब १६ करोड रुपैयाँ पुगेको छ। यसैगरी, दैनिक औसत सेयर संख्या १२.८९ प्रतिशत र कारोबार संख्या १.९० प्रतिशतले बढेको छ।
साताको पहिलो कारोबार दिन साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा पुगेर बन्द भएको थियो भने ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको थियो।
त्यसैगरि साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ बिन्दुमा पुगेर बन्द भएको थियो। कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २ सय ८९ रुपैयाँ रहेको थियो।
साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्सेमा गिरावट आएको थियो। मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा ओर्लिएको थिया.भने ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको थियो।
साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ बिन्दुमा पुगेर बन्द भएको छ। ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७बिन्दुमा पुगेको थियो। ११ अर्ब १० करोड २५ लाख ५० हजार ९ सय ६६ रुपैयाँ बराबरको कारोबार भएको रकम पुगेको थियो।
यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.७६ अंक, फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले घटेका छन्। बजारमा आएको यो गिरावटसँगै कुल बजार पुँजीकरण पनि ४५ खर्ब ४७ अर्बबाट ६३ अर्बले घटेर ४४ खर्ब ८४ अर्ब रुपैयाँमा खुम्चिएको छ।