शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फागुन ४ गते देखि दुई कम्पनीको साधारण सेयर दोस्रो बजारमा कारोबार हुने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २ २०८२
फागुन ४ गते देखि दुई कम्पनीको साधारण सेयर दोस्रो बजारमा कारोबार हुने

नेप्सेले फागुन १ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सालपा विकास बैंक लिमिटेड को साधारण सेयर सूचीकरण गरेको हो। यी दुवै कम्पनीको सेयर आगामी २०८२ फागुन ४ गते देखि दोस्रो बाजारमा कारोबारका लागि खुल्ने नेप्सेले जनाएको छ।

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको साधारण सेयर एकैसाथ सूचीकृत भएको छ। 

नेप्सेले फागुन १ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सालपा विकास बैंक लिमिटेड को साधारण सेयर सूचीकरण गरेको हो। यी दुवै कम्पनीको सेयर आगामी २०८२ फागुन ४ गते देखि दोस्रो बाजारमा कारोबारका लागि खुल्ने नेप्सेले जनाएको छ।

नेप्सेमा सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएको छ। सूचीकरण सम्झौताअनुसार यसमा संस्थापक सेयर धनीहरूको ६७ प्रतिशत अर्थात ३५ लाख कित्ता र सर्वसाधारण लगानीकर्ताहरूको ३३ प्रतिशत अर्थात १७ लाख २३ हजार ८८० कित्ता सेयर स्वामित्व रहेको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो।

रिलायन्स स्पिनिङ मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ। यसमध्ये संस्थापक सेयरधनीहरूको ८९.८६ प्रतिशत १ करोड ७० लाख ७३ हजार ४ सय कित्ता. र सर्वसाधारणको १०.१४ प्रतिशत १९ लाख २६ हजार ६ सय कित्ता सेयर रहेको छ। काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको यस कम्पनीको सेयर निष्कासन ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत गरिएको थियो ।

 नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यी दुवै कम्पनीको सेयर सूचीकरण गर्ने निर्णय माघ २९ गते गरेको थियो। नेप्सेले यस अघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ। 

परिमार्जित रेन्जका कारण रिलायन्सका सेयर धनीले पहिलो कारोबारमा घाटामा सेयर बिक्री गर्नु पर्ने छ। 

 


प्रकाशित : शनिबार, फागुन २ २०८२१४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend