काठमाडौं- नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौंको कुलेश्वरस्थित गुञ्जेश्वरी ट्रेड लिंंक प्रालिलाई जरिवाना गरेको हो।
विभागले नियमित रूपमा पछिल्ला दिनमा खानका पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुमगन गरिरहेको छ। यसै क्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।
विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ। रासस