शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आज मध्याह्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २ २०८२
आज मध्याह्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
फाइल तस्बिर

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ।

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ। हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ।

तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।


प्रकाशित : शनिबार, फागुन २ २०८२०९:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend