शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १ २०८२
यस्तो छ आजको मौसम पूर्वानुमान

आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ।

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू-भागमा  मुख्यतया मौसम  सफा रहेको छ। 

आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ।

त्यसैगरी आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा  बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र  उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारभएका सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन १ २०८२०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend