काठमाडौं- नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ।
बोर्डको माघ २९ गतेको निर्णय अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत अर्थात २० करोड ८० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको हो।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २० लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अप्पर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ।