शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रभु इन्स्योरेन्सकाे नाफा सामान्य बढ्याे, खुद बीमा शुल्क आर्जन ३० करोड ६२ लाख रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २९ २०८२
प्रभु इन्स्योरेन्सकाे नाफा सामान्य बढ्याे, खुद बीमा शुल्क आर्जन ३० करोड ६२ लाख रुपैयाँ

गत आवको पुस मसान्तसम्म १२ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा यो २ प्रतिशतको वृद्धि हो।

काठमाडाैं-  प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरणअनुसार कम्पनीले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। 

गत आवको पुस मसान्तसम्म १२ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा यो २ प्रतिशतको वृद्धि हो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३० करोड ६२ लाख रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो रकम २८ करोड २५ लाख रुपैयाँ थियो। गत आर्थिक वर्षको तुलनामा यो ८.३८ प्रतिशत बढेको हो। लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४ करोड १५ लाख रुपैयाँबाट १८.३२ प्रतिशतले बढेर ५ करोड नजिक पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरि यता अभिकर्तालाई दिइने कमिशन भने १४.८० प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १४.१२ रुपैयाँबाट बढेर १४.४० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०३.११ रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , माघ २९ २०८२१५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend