शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक ८ अंकले बढ्यो, ११ अर्ब १० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २९ २०८२
नेप्से परिसूचक ८ अंकले बढ्यो, ११ अर्ब १० करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९ सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं-साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९ सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ३३ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ४६ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ३६ प्रतिशतले बढेको छ।

आजको कारोबारमा मध्य भोटेकोशी जलविद्युत कम्पनी सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रसुवागढी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशत बढेको छ। कालिञ्चोक दर्शनको सेयरमूल्य यस दिन सर्वाधिक ७.५९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर ७० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने रिडी पावरको करिब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १।१८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

 


प्रकाशित : बिहीबार , माघ २९ २०८२१५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend