शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालयन रि इन्स्योरेन्सकाे नाफा ४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २९ २०८२
हिमालयन रि इन्स्योरेन्सकाे नाफा ४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौ‌ं-  हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको हो।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल ब्यवसाय ३१.३० प्रतिशतले बढेर ३ अर्ब २९ करोड १३ लाख र कुल आम्दानी २२.२६ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ पुगेको हो। कम्पनीको कुल खर्च ३१.०६ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८६ रुपैयाँबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.०२ रुपैयाँ रहेको छ।

१० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब १९ करोड रुपैयाँ र महाविपत्ती कोषमा २३ करोड ९७ लाख रुपैयाँ रहेको छ।

प्रकाशित : बिहीबार , माघ २९ २०८२१४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend